ताजा अपडेट »

घट्यो आज सुनचाँदीको मूल्य

विहीबार, २६ साउन २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।