आँखा फरफराउनु एक सामान्य लक्षण हो । यसमा आँखाको नजिक रहेका मांशपेशीहरु खुम्चिएको महसुस हुन्छ । यसका कारण मानिस असहज महसुस गर्छ भने केही समस्यामा परेको जस्तो पनि देखिन्छ ।
केहीबेर पछि कतिको आँखा फरफराउन बन्द हुन्छ भने कतिको लामो समयसम्म आँखा फरफराउने गर्छ । यसरी लामो समयसम्म आँखा फरफराउँदा मानिसको दृष्टिमा समेत असर पर्ने गर्छ । यसका कारण बारे विभिन्न मतभेद रहेका छन् । तर, विशेषज्ञका अनुसार यसको सम्बन्ध थकान, निन्द्राको कमी र कफीको अधीक प्रयोग, थोरै प्रकाशमा काम गर्नु र लामो समयसम्म कम्प्युटरमा काम गर्नु समेत रहेको छ ।
आजको वर्किङ कल्चरमा थकान र तनाव धेरै हुने गर्छ । आँखा फरफराउनु तनाव र थकानको संकेत पनि हुनसक्छ । विशेषरुपमा तब जब आँखामा तनावको जस्तो दृष्टि समस्यासँग सम्बिन्धत रहन्छ । तनाबलाई कम गर्ने हो आँखा फरफराउन कम हुने विशेषज्ञ बताउँछन् ।- एजेन्सी
प्रतिक्रिया