ताजा अपडेट »

चलचित्र महोत्सव बिभिन्न उपसमिति गठन

बुधबार, १८ मंसिर २०७६

मंसिर १८,

बुटवल । प्रदेश ५ मा नै पहिलो पटक अगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रियस्तरको चलचित्र महोत्सव राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन भएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो ।

जसअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर वली, गोविन्द खड्का, गिरिराज नेपाली र सन्तोष डाँगी सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ भन्ने कोषाध्यक्ष छविलाल कोपिलाको संयोजकत्वमा गणेश वली, इन्द्रविवश डिसी, प्रकाश चौधरी, देवका पौडेल र अञ्जली न्यौपाने सदस्य रहेको आर्थिक उपसमिति गठन गरिएको छ । भूपेन्द्र वलीको संयोजकत्वमा आदिम केसी, नवीन अभिलाषी, ऋचा बुढाथोकी, छवि पुरी, दीपक जिएम, रेखा थापा र आभाष बुढाथोकी सदस्य रहेको चलचित्र प्रदर्शन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी जङ्ग रोकाको संयोजकत्वमा प्रेमा गैरे, वामदेव रिजाल, पूजा रिजाल, दीपेश पोखरेल, चोभार पौडेल, मीनराज खड्का र अञ्जना कुँवर सदस्य रहेको कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । बैठकले महोत्सव सफल बनाउन सरकारी, गैरसरकारी निकाय तथा विभिन्न व्यक्तित्वसँग सहयोगका लागि पहल गर्ने निर्णय समेत गरेको छ । चलचित्र महोत्सवले यस क्षेत्रको चलचित्र तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने संयोजक पीडितले बताएका छन् ।महोत्सवका अवसरमा यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा राष्ट्रियस्तरका व्यक्तित्वलाई अवलोकन गराइने छ । महोत्सवमा ऐतिहासिक चलचित्र प्रदर्शन गरिनेछ ।