ताजा अपडेट »

पर्यटन बोर्डमा सिइओ नियुक्ति लागि सुचना जारी

बुधबार, १८ मंसिर २०७६

मंसिर १८,

ग्लोबल आवाज

बुटवल । सरकारले बुधबार सूचना प्रकाशन गरी पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया सुरु गरेको छ । बोर्डले उपसमिति गठन गरी प्रमुख नियुक्तका लागि काम अघि बढाएको हो । उपसमितिले बुधबारबाट २१ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ । बोर्डका सिइओ दीपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको बोर्डले जनाएको छ ।

२०७२ पुसमा नियुक्त भएका जोशीको आगामी पुस ९ मा चारवर्षे कार्यकाल समाप्त हुँदैछ । सिइओका लागि स्नातकोत्तर उत्तीर्ण गरी १० वर्षको अनुभव भएको, ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख गरेको छ।