ताजा अपडेट »

तिनाउमा शिखरडाँडा खोपानीको उपभोक्ता भेला सम्पन्न

मंगलबार, १७ मंसिर २०७६

मंसिर १७,

ग्लोबल आवाज

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका वडा नं. ६ स्थित शिखरडाँडा खानेपानी योजना समितिको उपभोक्ता भेला मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले गाँउपालिका विकास र समृद्धिको बाटोमा अगाडी बढेको बताएका छन् । उनले शिखरडाँडा र भुटुक्डी गाँउगरी ८० घर दुरी समेटुने गरी सेनाघाट मुलबाट १ करोड १६ लाखको लागतमा लिफ्टिङ्ग खानेपानी योजना सञ्चालन गर्न लागेको बताए ।

प्रदेश सांसद मगरले प्रदेश सरकारसंग साझेदारी गरेर अगाडि बढाएको यो योजना सहि ठाउँमा छनोट गरेको भन्दै स्थानीय सरकारलाई धन्यवाद दिए । यस्तै तिनाउ गाँउपालिकाका अध्यक्ष ओमबआदुर घर्ती मगरले गाँउपालिका र पदेश ५ को साझेदारीमा संचालन गर्न लागेको उक्त खानेपानि योजनामा १५ प्रतिशत लागत सहभागिता उपभोक्ताबाट बोहोरनु पर्ने निति रहेको समेत उनले जानकारी दिए ।

प्रत्येक घरमा एक एक वटा धारा हुनुपर्ने, धारामा मिटर बक्स जडान हुनुपर्ने, नुहाउने, धुने, खेर गएको पानि जम्मा गरी करेसाबारीमा सिँचाईको व्यवस्था हुनुपर्ने, त्यसमा तरकारी खेती तलिम, बिउ बिजन वितरण गाउँपालिकाले गर्नुपर्ने अध्यक्ष घर्ति मगरले बताए । उपभोक्ताहरुले आफूले पुरा गर्नुपर्ने दायित्व पुरा गरी काम गर्ने र गाउँपालिकाले छिट्टै प्रक्रिया अगाडि बढाउनु पर्ने उपभोक्ता समितिका अध्यक्ष रेवन्त रास्कोटी बताए ।

कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका कोषाध्यक्ष रवि महतराजले गरेका थिए ।