काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा निर्वाचनको तयारी र मितिका बारेमा छलफल भएको हो ।
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन र त्यसमा हुनसक्ने तालमेलका बारेमा छलफल भएको र निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बिषयमा सहमति भएको जानकारी दिए। गठबन्धनको बैठक शुक्रबार बिहान पुनस् बस्ने र निर्वाचनका बिषयमा निष्कर्षमा पुगिने नेता कार्कीले बताए।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गर्ने निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको र दलका नेताहरूले आ–आफ्ना दलमा छलफल गरेर निर्णय दिने भनेका थिए।
प्रतिक्रिया