ताजा अपडेट »

थप ९१५ जनामा कोरोना संक्रमण

बुधबार, १८ साउन २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको स्वाब परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाबाट ३०१ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको छ ।