माघ २२,
काठमाण्डौं । सुनको मूल्य नयाँ रेकर्डतर्फ उकालो लागेको छ । आज मूल्य तोलामा १ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।आज चाँदीको भाउ तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७८५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया