काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं। २ को धर्मस्थली क्षेत्र भीमसेन टोलमा एकै घरका चारजनाको हत्या भएको छ । घटना स्थलमा रहेको प्रहरीले घटनाको अध्ययन गर्ने र मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार, श्रीमान्श्री-मती, एक छोरो र एक छोरीको लाश भेटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो खुल्न बाँकी रहेको छ ।
प्रतिक्रिया