ताजा अपडेट »

रुपेन्देहीको गैडहवा गाउँपालिकामा दुई सातादेखि तालाबन्दी

सोमबार, १६ साउन २०७९

रुपन्देही । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ ।

जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो । 

नेपाली कांग्रेस, जनमत पार्टी तथा  ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन ।