ताजा अपडेट »

जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने, आजै सपथ

आइतबार, १५ साउन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।