विश्व विख्यात दार्शनिक तथा मनोविद् भन्छन् “विलियम जेम्स मेरो पुस्ताको सबैभन्दा ठूलो आविष्कार भनेको मानवले आफ्नो सोँचमा परिवर्तन गर्न सके मात्र जीवन परिवर्तन गर्न सक्छ भन्ने हो’ त्यसैले मानिसको जीवनलाई सकारात्मक दिशा तिर लैजान पहिला हाम्रो दिमागमा सकारात्मक सोच, भावना विकास हुनु पर्याे । कुनैपनि कामलाई सफलता उन्मुख गराउने हो भने हाम्रो मानस–पटलमा केवल म गर्न सक्छु भन्ने भावना प्रवाह हुन सक्नु पर्यो । त्यसैगरी निराशाजनक वा नकारात्मक सोँचहरु बाहिर निकाल्न सक्नु पर्याे ।
यसरी सकारात्मक सोच मानव मनोविज्ञानको एक पाटो हो । कुनै पनि विचार, बस्तु, सम्बन्धलाई सही कोणबाट मूल्यांकन गर्ने गुणले सकारात्मक सोँचको विकास गराउँछ । सकारात्मक सोचको परिणाम स्वतः सफलता उन्मुख हुन्छ । यसले व्यक्तिलाई सफलता तिर लैजान मद्धत गर्छ । मानौँकि गिलासमा कसैले आधा पानी राखेमा त्यसलाई आधा भरी साँेच्नु सकारात्मक सोच हो । त्यहाँ आधा खाली पनि भन्न सकिने अवस्था विद्यमान हुन्छ । तथापि कुन कोणबाट हामीले पानीलाई हेर्ने भन्ने कुराले हाम्रो सोचको परिभाषा निस्कन्छ । गिलासमा रहेको पानीलाई जुन दृष्टिले हेर्दा सकारात्मकता उत्पन्न हुन्छ त्यतैबाट सोच्नु राम्रो हुन्छ । आधा खाली भन्नु भन्दा आधा भरी भन्नु अर्थात आँफूसँग के छैन भन्दा के चाही छ भनेर हेर्नु आवश्यक छ ।
जीवनमा सफलताका खातिर हामीले धेरै प्रकारका समस्या सँग जुध्नु परेको हुन्छ । व्यवधानसँग सिघौरी खेल्नु परेको हुन्छ । अप्ठ्यारा समस्याहरुको समाधान खोज्नु परेको हुन्छ । जीवनमा फूलैफूलमात्र हँुदैनन् । यसमा काँडा पनि सँगसँगै गाँसिएर आएका हुन्छन् । फुलसँग साथि जस्तो त काँडासँग शत्रुतापूर्ण व्यवहार गरेर सफलता मिल्दैन । दुवै बस्तुसँग सन्तुलनमा चल्न सके जीवनका बाटाहरु सहज हुन सक्छन् । जीवनमा हामीमाथि फोहर फ्याकिन्छ—धेरै फोहर । ति सबै पन्छाएर अगाडि बढ्न सक्नु पर्छ । फोहरमै डुबेर मर्नु हँुदैन । जति कष्ट खेप्नु परेपनि अगाडिको बाटो सफा बनाउन अनवरत प्रयास गर्नै पर्छ । समस्या समाधानका लागि सकारात्मक भावनाका साथ परिश्रम गर्दै जानु आवश्यक हुन्छ ।
जीवनमा आइपर्ने सफलता, समस्या वा असफलताहरु भगवानले दिएको श्राप वा भावीले लेखेका कारण आउने हैनन् । समय क्रमसँगै समस्या र अवसरहरु निरन्तर आइरहन्छन् । समस्यालाई कुटिलतापूर्वक पन्छाएर अवसरहरुको सदुपयोग गर्न सक्नुपर्छ । असफलतालाई नकारात्मक रुपमा हैनकि सफलताको क्रममा आएको परिवर्तनको ठक्कर ठान्नु पर्छ । थोमस एडिसनले एकै पटकमा बल्ब बनाएका हैनन् । हजार बल्बहरु बिग्रिएपछि मात्र बल्न सक्ने बल्ब तयार भएको हो ।
उनले एकदुई बटा बल्ब नजल्दा काम छाडेको भए आज बल्बको आविष्कारक चिनिने थिएनन् । बेलायतका पूर्व प्रधानमन्त्रि विस्टन चर्चिल धेरैपटक सार्वजनिक अधिकृतको परीक्षामा फेल भएका थिए । तथापि उनी प्रयास गर्न छाडेनन् र वेलायतको प्रधानमन्त्रि हुन सके । मानसिक रुपमा असक्त भनेर शिक्षकहरुद्धारा दोष थोपरिएका अल्बर्ट आइस्टाइन नावेल पुरस्कार विजेता विश्व विख्यात वैज्ञानिक बन्न सके । यि उदाहरणहरु बाट हामीले जति पटक असफल भएपनि हरेस खानु हुन्न भन्ने शिक्षा लिन सकिन्छ ।
तथापि समस्याहरुलाई कहिल्यै पनि नकारात्मक रुपमा लिनु हुदैन । हाम्रो सोचमा खोट भएमा समस्याहरु झनै बल्झँदै जान्छन् । निकास नपाएर निस्सासिनु पर्ने हुन सक्छ । जीवनमा आइपर्ने समस्याहरु मध्ये लगभग आधाजसो तपाई हाम्रा नकारात्मक सोचका परिणाम स्वरुप उत्पन्न हुन्छन् । मानौकि लोक सेवा आयोगको फारम खुल्न पाएको छैन, कतिपय हामीहरु लौ अब तयारी छैन, सत्यानाश हुनेभो भनेर अत्तालिन्छौ ।
तयारी गरेमा हाम्रो क्षमताले सहजै भ्याउन सक्ने अवस्थामा पनि हाम्रो मानसिकताका कारण हामीलाई तनाव हुन सक्छ । त्यसैले जे भयो भइसक्यो त्यसका पछि नलागेर अगाडिको बाटो सहज तुल्याउन कम्मर कस्नु पर्छ ।
विश्वका केही सफलताका उदाहरण हेर्दा यदि मानिसले सकारात्मक सोँचका साथ काम गर्दै जानेहो भने कुनै पनि सफलता हाता पर्न सक्छ भन्ने कुरा अनुभूति हुन्छ । जन्मजात विकलांक झमक घिमिरे आज नेपालको मदन पुरस्कार विजेता ख्याति प्राप्त साहित्यकार तथा स्तम्भकारका रुपमा पहिचान दिन सफल भएकि छन् । अब्राहम लिड्ढन जीवनमा धेरै पटक ठक्कर खाएका व्यक्ति हुन् ।
राजनीतिक लढाइमा उनी सिनेटर जस्तो पदमा हारेका थिए । उनी हरेस नखाइ अगाडि बढ्दैजाँदा सन् १८६० मा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन पुगे । यसको मतलव यो हो कि हामी शारीरिक, मानसिक रुपमा असक्षम भएपनि, पढाईमा अब्बल नभएपनि वा दुइचार हण्डर खाएपनि आफ्नो जीवनको गतिलाई सकारात्मक सोचका साथ अगाडि बढाईनै रहनु पर्छ । सफलता सम्भव छ ।
सकारात्मक सोचले सकारात्मक भावना विकास गराउँछ र जीवनमा सकारात्मक अनुभवहरु सगाल्न सहयोग गर्छ । कुनै पनि परीक्षाको तयारी गर्दा होस् वा नयाँ कामहरु थालनि गर्दा होस्, हामीहरु सकारात्मक विचारका साथ शुरुवात गर्नु पर्छ । हामी आँफूमा भएको क्षमतामा विश्वास गरौँ । एक दिन हाम्रो क्षमताले हामीले सोचेभन्दा धेरै सफलता ल्याउन सक्छ । प्रत्येक असफलतासँग एउटा सकारात्मक पाटो हुन्छ । त्यसैलाई आत्मसाथ गराँै । कठोर परिश्रम गर्दा समेत असफल हुन सकिन्छ । तथापि त्यसलाई सफलताका लागि गरिएको एक प्रयासका रुपमा लिनु आवश्यक छ । परीक्षामा असफल हुँदैमा तयारी गर्दाको ज्ञान खेर जाने पक्कै होइन ।
ज्ञान त अमत्र्य अवयव हो । पूनः प्रयोगमा आइहाल्छ । मानौकि हामीले जाली बुनेका छौं भने एक दिन माछा नपर्दैमा निराश हुनु आवश्यक छैन । फेरी कुनै दिन जालमा माछा परिहाल्छ । कुरा यत्ति हो कि हामी सकारात्मक भावका साथ आफूसँग भएको जालमा विश्वास गर्नुपर्छ । बरु कत्रो जाल बुन्ने भन्नेमा हामी गम्भिर हुनु आवश्यक छ । ठूलो जाल बुनेमा ठुलै माछाको आशा गर्न सकिन्छ भने सानो भएमा सानै ।
क्यानेडियन मेडिकल एसोसिएसनको अस्पतालहरुमा गरिएको तीस बर्ष लामो अध्ययनबाट प्रकाशित जर्नलको मुख्य थिममा भनिएको छ कि सकारात्मक सोच शक्तिसाली हुन्छ । सो अध्ययनमा जो बिरामी आँफू चाडो निको हुन्छु भन्ने सोच राखेको हुन्छ ऊ अन्य निराशावादी विरामीहरुभन्दा धेरै चाडो सन्चो भएको पुष्टि भएको छ ।
यसको अर्थ हो एकै प्रकारको विरामीको अवस्थामा पनि मानिसहरुको सोचका कारण त्यसको निदानमा असर परेको हुन्छ । त्यसैले विगतका सफलताहरुलाई आत्मसाथ गर्दै अगाडि बढौं। सकारत्मक उत्प्रेरणा दिने खालका लेख, रचनहरु पर्ढौ । सकारात्मक सोच भएका साथिहरुसँग बढी साथित्व गासौँ । सधै मुमुस्कुराइरहौं । अनि सफलता हाम्रोे पिछा लाग्नेछ ।
सकारात्मक सोँच नहुनु भनेको हामी असफलता तिर उन्मुख हुनु हो । सकारात्मक सोच भएमा आँफूमा आत्मवल बढ्छ । अप्ठ्यारो काम समेत सजिलै गर्न सकिन्छ । अरवका कतिपय मरुभूमीमा खेति, तरकारी लगाइएको छ । मरुभूमीमा खेति त कहिल्यै हुदैन । तथापि सकारात्मक सोचका साथ आट गरेमा त्यो सम्भव हुदोरहेछ । कोही पनि व्यक्ति जन्मजात महान् भएर आउँदैन ।
सबै बच्चा भएर नै जन्मने हो । सबैको दिमाग कागजको रित्तो पाना जस्तै हुन्छ । फरक यत्ति हो कि जब जब मानिस वयस्क हुँदै जान्छ तब तब उस्ले आँफूले पाएको बातावरणलाई कसरी प्रयोग गरिरहेको हुन्छ । कुनै पनि वाधालाई कुन भावनाले समाधानका लागि पहलकदमी लिएको हुन्छ । समस्याहरुसँग तर्सेको छ कि जुधेको छ । यसमा नै सफलता वा असफलता अडिएको हुन्छ । भनिन्छ प्रत्येक दिन राम्रो नहुन सक्छ तथापि प्रत्येक दिन भित्र केही न केही राम्रो कुरा हुन्छ । यही सोचले हाम्रा क्रियाकलापहरु अगाडि बढाएमा प्रत्येक दिन केही न केही राम्रा परिणामहरु हाता पार्न सम्भव हुन्छ ।
लोक सेवा आयोगको परीक्षा होस् वा अन्य कुनै काम होस् सो गर्नुपूर्व त्यसलाई सम्पन्न गर्न आवश्यक पहलकदमीहरुलाई प्राथमिकतामा राख्नु अनिवार्य हुन्छ । पहिलो कुरा सोच सकारात्मक हुनु पर्यो । त्यसैगरी त्यस काम सम्पन्न गर्नको लागि गर्नुपर्ने पूर्व तयारी, सामग्रीहरुको संकलन, समय व्यवस्थापन, वीज्ञहरुसँग अन्तत्र्रिmया, सँगै परीक्षासँग अभ्यस्त हुनु जरुरी छ । तयारीका नाममा मुढे तयारी, रटन्ते कलाले लोक सेवा आयोगमा आँफू छनौंटमा पर्न सकिंदैन ।
वैज्ञानिक तयारी हुनु जरुरी छ । आँफूसँग भएको ज्ञानलाई लोक सेवा आयोगको परीक्षामा कसरी प्रस्तुत गर्ने भन्ने कलाको विकास गर्नका लागि तयारी कक्षामा सहभागि हुनु जरुरी छ । तयारी कक्षाहरुमा आयोगका पाठ्यक्रमसँग सम्बन्धीत विषयमा पढाउने मात्र नभएर सो परीक्षामा सहभागि भई निजामती सेवामा दशकौँ अनुभव लिएका व्यक्तित्वहरुको अनुभवहरुबाट सिक्ने मौका मिल्छ । सो आँफैमा एक महत्वपूर्ण तयारी हो । त्यसैगरी तयारी कक्षाहरुमा बाराम्बार लिइने परीक्षाहरु र त्यसबाट आउने मुल्याङ्कन/फिडब्याकले पनि विद्यार्थिहरुलाई आफ्नो पढाइको स्तर थाहा पाउनुका साथै आउने तयारी कसरि अगाडि लैजाने भन्ने ज्ञान मिल्छ ।
भनिन्छ, राम्रो शुरुवात भनेको आधा काम सके जस्तै हो । त्यसैले लोक सेवा आयोगको तयारीको लागि राम्रो सस्था छान्न सकेमा पढाईको गुणस्तर कायम भई निजामति सेवा प्रवेशको आधा काम सम्पन्न भए सरह हुनेछ । आधा बाटोमा पुगे सरह हुनेछ । अतः कुनै पनि काम सम्पन्न नगर्दासम्म आइपर्ने झंझटलाई कामको शुरुमा वास्ता गर्नु आवश्यक छैन । यो कुरा ख्याल गरौँ कि सबै चिज हामीले अनुमान गरे जसरी अगाडि जान सक्दैन ।
तथापि सकारात्मक प्रयास तथा पूर्ण तयारी भएमा हामी सधैँ सफल हुन सक्छौँ । लक्ष्य निश्चित गरौँ अनि कहिल्यै नत्यागौँ । सबैसँग सफल हुने गुणहरु हुन्छन् । सकारात्मक, सद्भावपूर्ण मानसिकताका साथ तयारीमा उत्रेमा पक्का पनि हाम्रो प्रयास सफलतातर्फ उन्मुख हुन्छ । अनि प्रत्येक प्रयासहरु सफल हुँदै गएमा क्रमशः ठुला कामहरु हुँदै जीवन नै सफल हुन सक्छ ।
सोँच र तयारी पुगेका निश्चय नै हामी असफलताको दास बन्नु पर्दैन सफलता हाम्रो दास बनेर आउनेछ । हात नभएका पहिलोअपाङ्ग सगरमाथा आरोही पल हकीका अनुसार असम्भव भन्ने विचार हो, तथ्य हैन । यसको सार हो सफल असफल भन्ने कुरा विज्ञानले प्रमाणित गरेको तथ्य हैन । यो त मानिसको आफ्नो धारणा हो । यदि हामीले सफतला उन्मुख धारणा विकास गर्छौ भने असफलता भन्ने हाम्रो जीवनबाट हराएर जाने छ ।
प्रतिक्रिया