ताजा अपडेट »

रुस आतंकवादको प्रायोजक -युक्रेनी राष्ट्रपति जेलेन्स्की

शनिबार, १४ साउन २०७९

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको  प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई छ । ‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुन मान्यताको निर्णय आवश्यक छ ’ अबेर राति उनले भने । -एजेन्सी