ताजा अपडेट »

नागरिकता विधेयक पारित भएकोमा काँग्रेसद्वारा भैरहवामा दीपावली

शुक्रबार, १३ साउन २०७९

भैरहवा । नागरिकता ऐनको संशोधन विधेयक दुवै सदनबाट पारित भएकोमा खुसी व्यक्त गर्दै नेपाली काँग्रेस सिद्धार्थनगरको आयोजनामा भैरहवाको बुद्ध चोकमा दिपावली गरिएको छ । पार्टीको आयोजनामा बुद्ध चौकमा दिपावली गरि नागरिकता नागरिकता ऐनको संशोधन विधेयकको स्वागत गरिएको हो ।

विधेयक पारित भएको खुसीयालीमा गरिएको दिपावलीमा सिद्धार्थनगर नगर कमिटी सभापती कोसिस बहादुर खड्का, महासमिती सदस्य वम् पुर्व जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रिय सभापती सुशील गुरुङ, नेपाली कांग्रेसका नेताहरु ओम श्रेष्ठ, दिपेन्द्र बुढाप्रीती लगायतको उपस्थिति रहेको थियो । को कार्यक्रममा बोल्ने वक्ताहरुले बिधेयकको बिरोध गर्नेहरु नश्लवादले प्रेरित रहेको र समाजमा बैमनस्यता फैलाउने काम गरेको आरोप लगाए ।

सरकारले पेश गरेको नागरिकता ऐनको संशोधन विधेयक बिहिबार र राष्ट्रियसभाबाट पनि पारित भएको छ । यो विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो अब यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरे पछि कार्यान्वयन हुनेछ । यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।