ताजा अपडेट »

ठमेलको कल सेन्टरमा पनि प्रहरीको छापा, ४ जना चिनियाँ पक्राउ

बुधबार, ११ साउन २०७९

काठमाडौं । ठमेलमा रहेको कल सेन्टरमा पनि प्रहरीले छापा मारेको छ । बुधबार ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कल सेन्टरबाट प्रहरीले ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ । यस अगाडि प्रहरीले तिनकुनेमा छापा मारेर १ जना चिनियाँसहित ३६ जनालाई पक्राउ गरेको थियो ।

त्यस्तै केहिदिन अगाडि इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा छापा मारी ९ जनासहित २ सय ५० कम्प्यूटर नियन्त्रणमा लिएको थियो ।