भैरहवा । लुम्बिनी विकास कोषको परिषद बैठक लुम्बिनीमा सम्पन्न भएको छ । कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठको अध्यक्षतमा बैठक सम्पन्न भएको हो । बैठकले कोभिड पछिको पर्यटन उकास्न आगामी मंसिरमा लुम्बिनी अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने जानकारी दिएको छ ।
बैठकपछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले लुम्बिनी गुरुयोजना अनुसारका कामहरु चाडै सम्पन्न गर्ने योजना लिएको उनले बताए । यस्तै साथै यहा आउो पर्यटकहरुलाई कसरी सुविधा युक्त बसाई र सहज अवलोकन कसरी प्रदान गर्न सकिन्छ त्यस बारे पनि कार्ययोजना बनाएको उनले बताए ।
यस्तै मन्त्री श्रेष्ठले नेपालका २ वटा महत्वपूर्ण स्थलहरुलाई विश्व सम्पदामा सुचिकृत गराउने प्रयास थालिएको बताए । धार्मिक र पुरातात्विक महत्व बोकेको लुम्बिनी र जनकपुरलाई विश्व सम्पदामा सुचिकृत गराउने उद्देश्य सहित मन्त्रालय लागेको उनले बताए । यस अघि पनि मन्त्रालयले ७३ बुंदे कार्ययोजना अगाडी सारेको उनले बताए ।
जिवनराम श्रेष्ठ, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थललाई थप ब्यवस्थित रुपमा सुचारु गरि बढी भन्दा बढी पर्यटक नेपाल भित्रयाउने लक्ष्य रहेको उनले बताए । यसको लागी भ्रमण बर्ष नभई २०२३ देखी २०३३ लाई भ्रमण दशक तोकेर अगाडी बढ्ने तयारीमा मन्त्रालय रहेको मन्त्रीले जानकारी दिए ।
आज बसेको परिषद बैठकमा आर्थिक बर्ष २०७९÷०८० को बजेट, निति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । यस्तै तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदामा सुचिकृत गर्नका लागी आवश्यक रणनिति, दस्तावेज, सम्बन्धित अन्य दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम बारे, अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजनाको लागी तदर्थ समिति गठन लगायतको बिषयमा छलफल भएको थियो ।
प्रतिक्रिया