ताजा अपडेट »

एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले अनियमितता रोक्न पहल गर्ने

बुधबार, ११ साउन २०७९


बुटवल । नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठक बुधबार बुटवलमा सम्पन्न भएको छ । विभागका प्रमुख कुमार थापामगरको अध्यक्षता र एमाले पोलिटब्यूरो सदस्य लिला गिरीको प्रमुख आतिथ्यमा बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो ।

बैठकले यातायात क्षेत्रमा भैरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने निर्णय गर्दै दुर्घटना न्युनीकरणका लागि विज्ञहरुसँग रायसुझाव लिने निर्णय समेत गरेको छ। विज्ञहरुसँगको सुझावका आधारमा समग्र यातायात क्षेत्र सुधारका लागि बृहत कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विभागका प्रमुख कुमार थापामगरले जानकारी दिए ।

यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवा प्राप्त गर्न विचौलियाको सहयोग लिनुपर्ने वाध्यता बषौंदेखि चल्दै आएको भन्दै बैठकले यो बिषयलाई रोक्न राज्यसँग कुनै स्पष्ट दृष्टिकोण नभएको ठहर समेत गरेको छ । बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले समसामयिक विषयमा आ-आफ्नो धारणा राखेका थिए ।