ताजा अपडेट »

साफ यू-२० च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

बुधबार, ११ साउन २०७९

काठमाडौँ । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज (बुधबार) प्रतियोगिताको आफ्नो दोस्रो खेल खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

तर, श्रीलंकाविरुद्ध नेपाललाई जित  निकाल्न सहज भने छैन । किनकि नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ ।पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा भईरहेको छ। 

नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली यू २०  टोलीस्
गोलकिपर – इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
रक्षक – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
मिडफिल्डर – दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड – दीपेश राई, निराजन मल्ल, रोशन खड्गी