अहिले करिव चार (४) लाखभन्दा बढी विद्यार्थी एसईइ दिएर नतिजाको पर्खाईमा रहेका छन् । राष्ट्रिय परिक्षा बोर्डले एसईइ को नतिजा प्रकाशनको तयारी अन्तिम चरण्मा पुगेको बताई रहेको छ । त्यसैले अहिले सबै परीक्षार्थीहरुमा नतिजाको कौतुहल्ता सँगै अवभविष्यमा कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने विषयमा सोचमग्न छन् । जसमध्ये कतिपय विद्यार्थीहरुले विज्ञान, व्यवस्थापन तथा प्राविधिक धारका विषय पढ्ने अभिलाषाका साथ Bridge Course पढिरहेका छन् ।
एसईइ पछिको शिक्षामा कुन विषयलाई मुख्य मानेर पढ्ने र पढाउने भन्ने कुरामा धेरै विद्यार्थी र अभिभावकहरुलाई विविध कुराले असर पार्ने कुरालाई विगतको अनुभव र अभ्यासहहरुले प्रमाणित गरिसकेका छन् । एसईइ पछि कुन विषयमा भर्ना हुने भन्ने कुराका निर्धारकहरुमा विद्यार्थीको रुचि, एसईइको नतिजा, कक्षा १० सम्मको क्षमता, भविष्यको गन्तव्य तथा अभिभावको चाहाना जिम्मेवार तत्व हुन । त्यसबाट कतिपय सम्म फाईदा लिने भन्ने कुरा पढ्ने मान्छेको रुची र लगनशिलतामा भर पर्छ ।
अहिले सतही रुपमा हेर्दा कक्षामा अघिल्लो मा रहेको र उच्च जीपीए भएकाले विज्ञान विषय पढ्ने र अरुले क्रमश : व्यवस्थापन, शिक्षा र मानविकि तर्फका मुख्य विषयहरु पढ्ने वैज्ञानिक तरीका होईन । त्यहीभएर त अहिले आएर उच्च जिपिए ल्याउने विद्यार्थीहरु पनि व्यवस्थापन लगायतका विषयहरु तर्फ आकर्षित भएका छन् । र राम्रो पनि गरेका छन् ।
के गर्न सकिन्छ ?
विद्यार्थीले हतारमा विषय छनौट गर्नु भन्दा सम्बन्धित क्षेत्रका जानकारहरु सँग राय सुझाव लिएर आफ्नो लागि विषय छनौट गर्दा भविष्य उज्जवल हुने गर्दछ । वर्तमान समयमा विद्यार्थीहरुले विज्ञान विषय छनौट गरेर बीचमा नै अध्ययन छाड्ने प्रवृती बढेको कारणले गर्दा पनि कस्तो विद्यार्थीले विज्ञान विषयलाई मुख्य विषय बनाई अध्ययन गर्दा राम्रो हुन्छ । भन्ने विषयका लागि यो विद्यालयहरुले अभिभुखीकरण कार्यक्रमहरु सञ्चालन गरेर मात्रै विद्यार्थी लिने रणनैतिक योजनाहरु अभ्यासमा लैजानु आवश्यक छ । कक्षा ११ मा विज्ञान विषयलाई छान्नु भनेको आफु कुनै न कुनै किसिमको प्राविधिक जनशक्ति रुपमा अब्वल भएर निस्कनु हो ।
यो त्यही विषय हो जसबाट देश र समाजलाई चाहिने डाक्टर, इन्जिनियर, पाईलट, संचार प्राविधिक विभिन्न कम्पनीहरु मचाहिने प्राविधिकतथा वैज्ञानिकहरु उत्पादन हुने गर्दछन् । यद्धपी यी सबै पेसा व्यवसाय तथा क्षेत्रको लागी आवश्यकिय व्यवस्थापन गर्नका लागि व्यवस्थापकिय ज्ञान आवश्यक पर्ने भएकोले व्यवस्थापन तथा मानविकी विषयका विषय पढ्नु नि राम्रो छ । त्यसको लागि विषय मात्र लिएर पुग्दैन, आफ्नो उद्देश्य पुरा गर्नको लागिकक्षा ११ र १२ पढ्दादेखि नै अरुले भन्दाकम्तिमा दैनिक ५/६ घण्टा बढी समय अध्ययनको लागि व्यवसाय गर्न सक्नुपर्छ किनकि यी विषयहरु दैनिक सैद्धान्तिक कक्षाको अलवा प्रयोगात्मक कक्षाहरु प्नि सँगसँगै हुने गर्दछन् । यसरी जुन विद्यार्थीमा पहिले देखिनै यो खालको क्षमता छ सो गर्न सक्छु भन्ने दृढ विश्वास लिएर पढन सक्छ । यसको लागि उसले कक्षा १० सम्म पढ्दादेखि खासगरी गणित, विज्ञान र अंग्रेजी जस्ता विषयमा राम्रो ज्ञान भएको हुनु पर्ने छ ।
एसईइ उतिर्ण गरिसकेपछि सबैभन्दा धेरै विद्यार्थीको रोजाईमा पर्ने विषय चाहिँ व्यवस्थापन हो । यो यस्तो बिषय हो । जसले आफ्नै व्यवस्थापन बाट शुरु गरेर सरकारी जागिर खाने मात्र नभएर संपूर्ण कार्यालय, योजना, वित्तिय संस्था, अस्पताल लगायत सवैको व्यवस्थापनको जिम्मा लिन सक्ने विषय हो । व्यवस्थापन यस्तो विषय जसको कारण एक जना मानिस स्वरोजगार मात्रै नबनि थुपै्र जनशत्तिलाई सिप र दक्षता हस्तान्तरण गर्नुका साथै आफ्नो कर्मलाई नयाँ तरिकाले नयाँ उचाईमा पु¥याउन आवश्यक पर्ने दीर्घकालिन योजना निर्माणमा सहजीकरण गरिदिन्छ ।
कुन कुन विषयमा बजार माग धेरै छ ?
कक्षा ११/१२ मा विज्ञान विषयका अतिरिक्त मुख्यः Economics, Account, Finance, Business studies, जस्ता विषय लिएर व्यवस्थापन पढ्ने विद्यार्थीले Bachelor level मा अन्य धरै विषयहरु पढ्न सक्छ । व्यवस्थापन विषय अन्तर्गत कक्षा ११ बाटै Hotel management पढ्ने विद्यार्थीको पनि ठुलै समुह रहेको विद्यार्थीको लागि यो विषय उपयुक्त मानिन्छ । अन्तर्गत ११ र १२ व्यवस्थापन तर्फ मुख्य विषयलाई पढ्ने भाई बहिनीहरुको एउटा मुख्य उद्देश्य भनेको चाहिँ सकेसम्म CA बन्ने नै ठुलो हो । यसका लागि कक्षा ११/१२ देखि नै अत्यन्तै सुक्ष्म अध्ययन र लगनशिलता आवश्यक देखिन्छ ।
यसको साथै साहित्यतर्फ बढि रुची हुने र भविष्यमा सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थी भाई बहिनीहरुले मानविकि (Humanities) तर्फका भूगोल, समाजशास्त्र, मानवशास्त्र , अर्थशास्त्र जस्ता मुख्य विषयहरुलाई मुख्य विषय राखेर पढ्न सक्छन् । जुन विद्यार्थीहरुलाई शिक्षण पेशातर्फ इच्छा तथाअन्य सरकारी सेवामाप्रवेश गर्ने मन, उसले शिक्षा संकाय तर्फका विषयहरुलाई प्रमुख विषयको रुपमा राखेर अध्ययन गर्ने सक्छन ।
कक्षा ११र १२ मा यी विषयहरु बाहेक CTEVT अन्तर्गत प्राविधिक थुप्रै प्राविधिक विषय पनि पढ्न पाउने अवसर छ । खासगरी इन्जिनियङ्गी, अटोमोबाईल, PCL Nursing, Electrical and Plumbing, Survery लगायत थुपै विषयमा अध्ययन गर्ने पाईने हुनाले अल्पकालिन प्राविधिक शिक्षा लिएर आर्थिक पार्जन तर्फ जाने विद्यार्थीको लागि यो पनि लाभदायक हुन सक्छ ।
लुम्बिनी प्रदेशमा कस्तो व्यवस्थापन ?
अब एसईइ उर्तिण गरेपछि माथि उल्लेखित विषयहरु अध्ययन गर्न विद्यार्थीहरु कहाँ जाने भन्ने कुरा हो । अहिले नेपाल सरकारले कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षा अन्र्तगत राखेको हुनाले देशका अधिकांश माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । त्यसैले खासगरी व्यवस्थापन, मानविकी र शिक्षा जस्ता मुख्य विषय मानेर पढ्न खोजने विद्यार्थीलाई आफ्नो स्थानीय ठाउँमै गाउँ घरमै यो सुविधा उपलब्ध छ ।
घरमै बसेर घरकै खाना खाएर कम लगानीमा पढ्न पाएसी यसको लागि धेरै सोच्नु पर्ने छैन । तर अग्रेजी माध्यममा पढ्न चाहने, जागिर गदै पढ्न चाहने र पढाईको साथमा अन्य स्वरोजगार मूलक तालिमहरु लिन चाहने विद्यार्थीका लागि सबै ठाउँमा प्रयाप्तता नहुन सक्छ । यस्ता विद्यार्थीहरु खासगरी शहरी क्षेत्रका विदालयमा अध्ययन गर्न बढी रुची गर्छन ।
विज्ञान विषयलाई मुख्य विषय मानेर अध्ययन गर्ने विद्यार्थीको लागि भने सबै स्थानीय तह वा विद्याथीले पढ्न पाउने अवसर छैन । शहर भन्दा बाहिर का सि अहिले पनि विज्ञान अध्ययन गराउने अधिकाशं विज्ञान विषय पढ्नलाई काठमाडौँ नै जानुपर्छ भन्ने धारणमा विगत ८÷१० बर्षदेखि यता धेरै कम भएको देखिन्छ । यसको अर्थ वुटवल जस्ता मोफसल क्षेत्रहरु प्नि यसको लागि धेरै सक्षम छन् । भन्ने हो । अहिले आएर वुटवल र यस आसपासमा धेरै विद्यालयहरु छन् । थुप्रै भाई–बहीनीहरुले मेडिकल÷इन्जिनियरिङ्गी जस्ता प्राविधिक धारमा नाम निकाल्न सक्नुले प्रमाणित गरेको छ ।
पछिल्लो समयमा कक्षा ११ र १२ मा सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्दा पाउने छात्रवृति तथा कक्षा १२ पछि विभिन्न प्राविधिक विषय पढ्नको लागि सामुदायिक विद्यालयको लागि सरकारले कोटाको सिर्जना गरेको कारणले गर्दा बुटवल लगायत धेरै ठाउँका सामुदायिक विदालयहरुमा विज्ञान पढ्ने विद्यार्थी को चाप बढेको देखिन्छ । लुम्बिनी प्रदेश सरकारले कान्ति जस्ता सामुदायिक विद्यालयमा पढ्ने छात्राको लागि मासिक एक हजार दरले छात्रावृत्ति दिने गरेकोले पनि छात्राहरुको विज्ञान विषय अध्ययन तर्फ रुची बढेको देखिन्छ ।
यसको साथै लुम्बिनी प्रदेश विज्ञान विषयको हवको रुपमा अगाडि बढाउने योजना सहित भवन तथा आवसिय भवन निमार्ण कार्य अंन्तिम चरणमा पुगेको छ । यसको अलवा यस क्षेत्रमा रहेका कालिका मानव ज्ञान माविलाई प्रदेश नमुना विद्यालय, नविन औद्योगिक मा.विलाई प्रदेश नमुना, विद्यालय एवं शान्ति नमुना मा.वि मणिग्रामलाई पनि नमुनामा.वि.को रुपमा अगाडि बढाएकोले यी विद्यालयमा विद्यार्थीको चाप अत्यन्तै बढी रहेको । विद्यार्थीको संख्याको साथसाथै आगामि दिनमा गुणस्तर वृद्धि एंव व्यवसायको पाटोमा अझै बढी चासो दिनु पर्ने देखिन्छ ।
प्रतिक्रिया