भैरहवा । भास्करानन्द-माया शर्मा अक्षयकोषले भैरहवामा ७ सामुदायिक विध्यालयमा अध्यनरत २४ जना गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच भैरहवामा छात्रवृत्ति बितरण गरिएको हो । २०७२ सालमा स्थापना भएको अक्षय कोषले २०७३ सालाबाट सामुदायिक तथा संस्थागत विध्यालयहरुलाई छात्रवृत्ति वितरण सुरु गरेको संस्थापक अध्यक्ष भास्करानन्द शर्माले जानकारी दिए ।
कोभिड अघि सम्म ८४ जनालाई छात्रवृत्ति बितरण गरिएको र कोभिडका कारण २ बर्ष बाड्न नसकेको छात्रवृत्ति लाई मुख्य पूंजीमा जोडिएर मुख्य पुजि ३३ लाख पुर्याइएको उनले बताए । यस वर्षदेखि छात्रवृत्ति सामुदायिक विध्यालयलाई मात्र बितरण गरिएको शर्माले जानकारी दिए । यसै गरि पत्रकारीता पुरस्कार पत्रकार माधव न्यौपानेले प्राप्त गरेका छन । शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रत्येक बर्ष संस्थाले पुरस्कार बितरण गर्दै आएको छ ।
यस अघि यो पुरस्कार पत्रकार अरुण ज्ञवाली, सम्झना शर्मा, दिपेश पछाइ, रविन्द्र प्रताप गुप्तालाई प्रदान गरि सकिएको छ । भाष्करानन्द-माया शर्मा अक्षय कोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति बितरण कार्यक्रममा भानु माध्यमिक बिध्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदी, सुर्यदेव माध्यमिक विध्यालयका प्रधानाध्यापक दुर्गा पाण्डे, संस्थाका मानार्थ सदस्य राजु शर्मा ढकाल, रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रुप कुमार रायमाझी, पत्रकार माधव न्यौपाने लगायतले बोलेका थिए । छात्रवृत्ति बितरण कार्यक्रम सचिव देविदत्त ज्ञवाली को संचालन र सदस्य हरि खड्काको स्वागतमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया