ताजा अपडेट »

देशभर मौसममा बदली, पश्चिममा पानी पर्ने

मंगलबार, २२ माघ २०७५

माघ २२,

काठमाण्डौं । काठमाण्डु उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार (आज) दिउँसो पनि देशभरको मौसम सामान्यदेखि आशिंक बद्लीकै अवस्था रहने महाशाखाका मौसमविद्ले बताएका छन् ।

दिउँसो एकछिन घाम लागेजस्तो भए पनि फेरि बद्ली भइहाल्ने मौसमविद् राजु प्रधानाङगले जानकारी दिए । मौसमविद प्रधानाङ्गका अनुसार मंगलबार बेलुका पश्चिमका केही भूभागमा हल्का पानी पर्ने सम्भावना पनि रहेको छ ।