भैरहवा । विश्व आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरु धमाधम मरिरहेका छन । पानी पर्न सुरु भएदेखी करिब ४० वटा माछा मरेको लुम्बिनी बिकास कोषले जनाएको छ ।
बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार पोखरीमा अक्सिजनको कमि हुदा प्रत्येक बर्ष जसो माछाहरु मर्ने गरेका छन । यो पटक पनि सिमसिम पानी परेको कारण अक्सिजनको कमि भएकोले माछाहरु मरेको हुन सक्ने शाक्यले बताए । ‘यो बर्ष पानी परेन गर्मीले पोखरीको पानी सुक्यो । शाक्यले भने ‘सिमसिम पानी परे पछि अक्सिजनको कमि भएर करिब ४० वटा माछा मरेका छन।’ पोखरीमा पानी कम भै अक्सिजनको अभाव हुन थाले पछि आजदेखि पोखरीको पानी फेर्न सुरु गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
पोखरीको माछा मर्न थाले पछि स्थानियहरुले कोष प्रती आक्रोश व्यक्त गरेका छ्न । प्रत्येक वर्ष माछा मर्ने जानकारी कोषलाइ भए पनि जोगाउन तर्फ समयमै प्रयास नगरेको भन्दै स्थानीय बबिन बरैले असन्तुष्टि जनाएका छन । विश्व आस्थाको धरोहर मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्कर्णी पोखरीमा माछा, कछुवा लगायतका जलचरहरु रहेका छ्न । पवित्र पोखरीमा रहेका कारण उनिहरुको संरक्षणमा लुम्बिनी बिकास कोष गम्भीर हुनुपर्ने स्थानीयहरुको आवाज छ ।
प्रतिक्रिया