ताजा अपडेट »

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

विहीबार, ०५ साउन २०७९

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । बिहीबार राति प्राप्त मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी  हुन् । भारतको राष्ट्रपतिका लागि कुल १० लाख ८६ हजार ४३१ इलेक्टोरल मत हुन्छ ।

जसमा द्रौपदीको पक्षमा आधाभन्दा बढी मत परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उनको शपथ जुलाई २५ मा हुने समाचारमा उल्लेख छ । -एजेन्सी