ताजा अपडेट »

विहानैदेखि वर्षा, कुन सडकको अवस्था कस्तो छ ?

विहीबार, ०५ साउन २०७९

बुटवल । विहिबार विहानैदेखि लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ । वर्षासँगै अवरुद्ध भैरहने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्र, बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्र तथा पूर्व–पश्चिम राजमार्ग अन्तरगतको धानखोला क्षेत्रको सडक बारे धेरैको चासो हुने गरेको देखिन्छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यो समाचार तयार पार्दासम्म प्रदेशका सबै मुख्य सडकहरु पूर्ण रुपमा सूचारु रहेका छन् । निरन्तर वर्षा भएको खण्डमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावना भने कायम रहेको हुँदा सचेत रहन आग्रह गरिएको छ ।