ताजा अपडेट »

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडा पुगे

बुधबार, ०४ साउन २०७९

काठमाडौं । केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो । 

यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरेपनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए ।