बुटवल । भैरहवामा माइक्रो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुधबार विहान सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रो बस सिद्धार्थनगर नगरपालिका–७ भाटभटेनी नजिक अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनाबाट बसका चालक, सहचालक र अन्य ३ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामन्य छ ।
प्रतिक्रिया