परासी । पानी नपरेपछि आत्तिएका सर्वसाधारणले अचम्मको पूजा–पाठ गरेका छन् । पश्चिम नवलपरासीका विभिन्न स्थानमा विगत एक हप्ता देखि पुजापाठ भइरहेको छ तर सरावलमा भने जनप्रतिनिधिलाई बाँधेर अचम्मको पूजापाठ गरिएको छ । खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।
लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमा पूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ ।
सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेका थिए । गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए।
गाउँका भद्र भलादमीको हात बाँधेर पूजा गर्ने, पानी र हिलो छ्याप्ने गरिन्छ काम गाँउभरिनै भइरहेको अध्यक्ष चौधरीले बताएका छन् । जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ । प्रचण्ड गर्मीका कारण जनजीवन पनि कष्टकर भएको छ ।
प्रतिक्रिया