ताजा अपडेट »

‘नेपालमै पढेर नेपालकै सेवा गर्ने वातावरण निर्माण गरौँ’

सोमबार, ०२ साउन २०७९

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसावले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातारण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने बताए । लुम्बिनी यूनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री केसीले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाजालाई पनि विरामीको औषधीको रुपमा रिफाइन गरी प्रयोगमा ल्याउन अनुरोध गरे ।

उनले मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले नै आर्थिक संकल गर्न गरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका विरामीहरुको जीवन बचाउने कार्य गरिरहेको करुणा समाजलाई धन्यवाद दिँद भने –“तपाईहरुले गरेको योगदानले आर्थिक अभावमा रहेका धेरै विरामीहरु जीवन बचाउनु भइरहेको छ, यसलाई आगामी दिनमा आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढाउनु पर्दछ ।” प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री कुलप्रसाद केसीले राम्रो विषय अध्ययन गर्दा नेपाल नेपालमा गर्ने फेरी जवको लागि अम्रेरीका, अस्ट्रेलिया लगायतको देशमा जाने चलन रहेको बताउँदै ती दक्ष जनशक्तिलाई नेपालमै रोक्न राज्य तयार गर्ने बताए ।

नेपालली जनताको स्वास्थ्यमा सुधार गर्नका सबै लाग्नु पर्ने बताउँदै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्रामिकता दिएको बताए । उनले जुनदेशका नागरिक स्वास्थ्य हुन्छन् त्यही देश समृद्धि बन्ने बताउँदै नागरिककोलाई स्वास्थ्य बनाउनु पर्ने बताए । मुख्यमन्त्री केसीले लुम्विनी मेडिकल कलेजले जनतालाई दिएको सेवाको लागि आफूलाई पनि खुशी लागेको बताउँदै त्यस सेवालाई अझै असाहय नागरिकहरुको जीवन बचाउन प्रयासलाई अगाडि बढाउन निर्देशन गरे । लुम्बिनी युनिभर्सल मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरीरहेका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गर्ने कार्यले आफहरुलाई निकै सहयोग भएको विरामीहरुले बताउँदै धन्यवाद दिएका छन् ।