ताजा अपडेट »

तिलोत्तमाकी उपप्रमुखले लगाइन् प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

आइतबार, ०१ साउन २०७९

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरुले ताला लगाई दिएका छन्।

नगरसभामा बिवाद बढ्दैजाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षिय ढंगल काम गरेको भन्दै उप प्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधीहरुले ताल लगाई दिएका हुन।

तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेश्रो र चौथो बैठकको उपस्थीती र गणपुरक संख्यामा ज्ञवालीको भुमिका बिवादास्पद रहेको एमाले निकट जनप्रतिनिधीहरुको आरोप छ।

उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थीती गराउने गरेको आरोप लगाइन्।

हामीले उपस्थीती गरेको उपस्थितिपुस्तीका गायव पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको मात्रै उपस्थीती तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसावले अव ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य नहुने चौधरीेले बताईन्।

आज बोलाईएको नगरसभाको चौथो बैठकमा सबै जनप्रतिनिधी उपस्थीत भएपनि एमालेका ४२ जना प्रतिनिधीले हस्ताक्षर गरेपछि कांग्रेसका उपस्थीत भएर पनि हाजिर गरेनन भने एमालेका उपस्थीत बांकीलाई हस्ताक्षर गर्न दिइएन यो काम प्रमुख प्रशासकीय अधिकृतको योजनामा भएको हो चौधरीले भनिन।

नगरप्रमुख रामकृष्ण खाणले घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थीती गरेको माईनुट अनाधिकृत ब्यक्ती मार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिईएको उनले बताईन्।