साउनको हरियालीसंगै बजारमा रातो हरियो र पहेलो रङ्गको चहलपहल देखिन्छ । बजारको माहोल नै अरू बेला भन्दा अलिक धेरै नै झिलीमिली । साउनको महिना शिवजीको महिना पुजाव्रत सबै हुन्छ । एउटा नबुझेको कुरा रातो रङ्ग, हरियो रातो काँचको चुरालाई आफ्नो श्रीमानको आयुसङ्ग जोडेर कस्तो खालको संस्कारलाई बढावा दिइरहेका छौँ ? सोच्नुपर्ने बेला आएको छ ।
महिलाहरूले श्रृङ्गारका सामग्रीहरू जतिसुकै बेला जसरी पनि प्रयोग गर्न सक्छन् । तर यो लगाउनुको कुनै नियम र समय हुँदैन । अझ अर्को कुरा आफू राम्री देखिनका लागि लगाएको लुगाको रङ्ग, आफ्नो शरीरका अङ्गहरू सजाउनका लागि प्रयोग गरिने लताकपडा र गहनाहरूसङ्ग आफ्नो श्रीमानको आयुको कुनै सम्बन्ध हुँदैन । सुन्दर चिज कसलाई मनपर्दैन र ? फेरी पनि महिलाको लवाइको मात्रै नियम किन ? यो नियमले महिलालाई नै धेरै असर पारेको छ ।
कुनै पनि महिलाको पतिको मृत्यु पछि समाजले यो लगाउन हुन्छ त्यो लगाउन हुन्न भनेर नियम लगाउने कारण पनि यो हो कि श्रीमानको आयु लामो होस् भनेर हातभरी चुरा अनि सोह्र श्रृङ्गार गर्ने नारी श्रीमानको मृत्यु पछि नगाउ कि नलगाउ ? पाप लाग्छ कि ? समाजले के भन्छ ? इत्यादि कुराले गर्दा महिलालाई धेरै दु:ख दिएको देखिन्छ । श्रीमानको माया कुनै पनि भौतिक वस्तुसङ्ग नदाजौँ । प्रकृतिको सुन्दर रचना नारीलाई बाँचुन्जेल आफ्नो तरिकाले सजिन पाउनुपर्छ । महिला आफैले आफुलाई साघुरो घेरा भित्र नराखौ ।
चुराको इतिहास यस्तो भेटिएको छ । समुद्री खोल, तामा, काँसा, सुन, एगेट, चाल्सेडोनी, आदिबाट बनेका चुराहरू भारतीय उपमहाद्वीपमा धेरै पुरातात्विक स्थलहरूबाट पहिलो पटक उत्खनन गरिएको छ। आफ्नो बायाँ हातमा चुरा लगाएकी नाच्ने केटीको मूर्ति मोहनजोदारो पुरातात्विक स्थल (2600 ईसापूर्व) बाट उत्खनन गरिएको छ। प्राचीन भारतमा चुराहरूका अन्य प्रारम्भिक उदाहरणहरूमा महुरझारीको उत्खननबाट तामाका नमूनाहरू, त्यसपछि मौर्य साम्राज्य (३२२–१८५ ईसापूर्व) का सजाइएका चुराहरू र तक्षशिला (छैठौं शताब्दी) को ऐतिहासिक स्थलबाट सुनको चुराका नमूनाहरू समावेश छन्। BC)। धेरै मौर्य स्थलहरूबाट सजाइएका शेलका चुराहरू पनि उत्खनन गरिएका छन्।
अन्य विशेषताहरूमा तामाको रिभेट्स र केही अवस्थामा सुनको पातको जडन समावेश छ। केही पुरुष र महिलाहरूले हात वा नाडीमा एउटै चुरा लगाउँछन् जसलाई काडा वा करा भनिन्छ। सिख धर्ममा, सिख दुलहीको बुबाले दुलहालाई सुनको औंठी, कारा (स्टिल वा फलामको चुरा) र मोहरा दिनेछन्। चुडा एक प्रकारको चुरा हो जुन पञ्जाबी महिलाहरूले उनको विवाहको दिनमा लगाउँछन्। यो स्टोनवर्क भएको सेतो र रातो चुराहरूको सेट हो। फिरोजाबाद, उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो चुरा उत्पादक हो।
प्रतिक्रिया