काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।
उनीहरूले राष्ट्र बैङ्कलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए। प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैङ्क वरपर प्रहरीको तैनाथी बढाइएको छ ।
प्रतिक्रिया