ताजा अपडेट »

विश्व बजारमा पेट्रोलको मूल्य घट्यो, नेपालमा घटेन

आइतबार, ०१ साउन २०७९

बुटवल । अन्तर्राष्ट्रिय बजारमा ईन्धनकाे मुल्य घटेर आएकाे छ । प्राप्त जानकारी अनुसार अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसंगै ईन्डियन आयल कर्पोरेशनले पेट्रोलमा १५ रुपैयाँ ७६ पैसा र डिजलमा १६ रुपैयाँ ५६ पैसामा नेपाल आयल निगमलाई बिक्री गरेको छ।

उक्त मुल्य आईओसीले २०२२ जुलाई १६ तारिखबाट अर्थात शािबारबाट नयाँ मूल्य अनुसार नेपाल आयल निगमलाई बिक्री गर्न सुरु गरेको छ। नयाँ मूल्यमा खरिद गर्न सुरु गरेपनि नेपाल आयल निगमले भने अहिलेसम्मनयाँ मूल्य कायम गरेको छैन ।

आईओसीले हरेक महिनाकाे १ र २६ तारिखमा अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार नयाँ मुल्य कायम गर्ने गर्दै आएकाे छ। भने त्यसका आधारमा नेपालमा ईन्धन बिक्रीको एकाधिकार पाएकाे सरकारी स्वामित्वको नेपाल आयल निगमले मुल्य निर्धारण गर्ने गर्दै आएकाे छ।