ताजा अपडेट »

बुटवलका युवाहरुद्वारा डिजिटल प्लेटफर्म ‘सिकाई’ को शुभारम्भ

शनिबार, ३२ असार २०७९

बुटवल । बुटवलका युवाहरुको एक समूहले डिजिटल माध्यमको प्रयोग गरि अनौपचारीक शिक्षा हासिल गर्ने गरि ‘सिकाई’ अवधारणाको शुभारम्भ गरिएको छ । लर्निङ एण्ड अर्नीङ भन्ने लक्ष्यका साथ डिजिटल प्लेटफर्ममार्फत सिक्ने र कमाउने अवधारणालाई रुपन्देहीबाट शुरुवात गरिएको हो ।

भिआइपी ग्रुप बुटवलले सिकाई नेपालसँगको सहकार्यमा डिजिटल प्लेटफर्म सिकाईको बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले शनिबार शुभारम्भ गरेका हुन् । शुभारम्भ गर्दै नगरप्रमुख पाण्डेले युवा पुस्तालाई आर्थिक रुपमा सबल र सक्षम बनाउनका लागि सिप सिक्न जरुरी रहेको बताए ।

उनले बुटवल उपमहानगरपालिकाले युवाहरुलाई रोजगारी सृजना गर्न रचनात्मक कामममा सहयोग गर्ने बताए । समाजलाई अघि बढाउनका लागि युवाको सहि ब्यवस्थापन गर्नुपर्नेमा नगरप्रमुख पाण्डेले जोड दिए ।

घरमै बसेर सिकाई गर्न सक्ने गरि सिकाई नेपाल सञ्चालनमा गरिएको सिकाई नेपालका प्रमुख बित्तिय अधिकृत जीवन परियारले बताए । सिकाई नेपालको अनलाइन प्लेटफर्ममार्फत सीप, व्यक्तित्व विकास, कला, प्राविधिक ज्ञानहरु सिक्ने र आफ्नो ज्ञान सिप मार्फत आम्दानी गर्ने गरि संयन्त्र तयार पारिएको परियारले बताए । नयाँ पुस्ताको शिक्षा र शिक्षकका रुपमा सिकाईलाई अघि बढाउने योजना रहेको उनले बताए ।

भिआइपी गुप्रका अध्यक्ष सुन्दर दर्जीको अध्यक्षता, दुर्गा गुरुङ र अनिल विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा सिकाई नेपालका आइटी म्यानेजर राजिव राई, प्रशिक्षकहरु सौरभ लोहनी, प्रदीप पाण्डे, विकास शाह रोहीत मल्ल, सन्तोष लामा, कमल पौडेल र रमेश अर्यालले बोल्दै नयाँ पुस्ताले प्रविधिबाटै आवश्यक सिप तथा क्षमता विकासको सिकाई गर्न सिकाई प्रभावकारी हुने बताएका सिकाई नेपालका चिफ फाइनान्सियल अफिसर जीवन परियारले बताए ।