भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तर प्रदेशको बुन्देलखण्ड एक्सप्रेस–वेको उद्घाटन गरेका छन् । यस एक्सप्रेस–वेको शिलान्यास २०२० फेब्रुअरीमा मोदीले नै गरेका थिए । द्रुतमार्ग २८ महिनामै तयार भएको छ ।
चार लेनको बुन्देलखण्ड एक्सप्रेस–वे १ खर्ब ४८ अर्ब ५० करोड भारुमा पूरा भएको हो । पछि ६ लेनसम्म बनाउने योजना रहेको सडक ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको हो ।
चार लेनको बुन्देलखण्ड एक्सप्रेस–वे १ खर्ब ४८ अर्ब ५० करोड भारुमा पूरा भएको हो । पछि ६ लेनसम्म बनाउने योजना रहेको सडक ‘उत्तर प्रदेश एक्सप्रेस–वे औद्योगिक विकास प्राधिकरण’ अन्तर्गत निर्माण गरिएको हो । - एजेन्सी
प्रतिक्रिया