ताजा अपडेट »

मुलुकमा महाशक्ति राष्ट्रहरुको चलखेल बढयोः कमल थापा

शनिबार, ३२ असार २०७९

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन् ।

पुर्व पराराष्ट्र मन्त्रीसमेत रहेका थापाले संसदीय चुनाव नजिकिदैँ जाँदा महाशक्ति राष्ट्रहरुले नेपालमा चलखेल बढाएको बताएका हुन्। 

‘संसदीय चुनाव नजिकिदैँ जाँदा बाह्य शक्तिहरुको चलखेल बढेको छ, महाशक्ति आफनो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्’ थापाले भनेका छन् , ‘दिल्ली, बेइजिङ र बाशिंगटनमा पानी पर्दा काठमाडौंमा छाता ओडने जमात खोज्दैछन्, राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ ।’ अध्यक्ष थापाल नेपाली जनता सचेत हुनुपर्ने भन्दै राष्ट्रवादी अझै जिउँदै रहेको उल्लेख गरेका छन् ।