ताजा अपडेट »

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, उपसभामुख चयन गरिँदै

शुक्रबार, ३१ असार २०७९
sf7df8f}F, @* j}zfvM k|ltlglw;efsf] a}7s ;+3Lo ;+;b\ ejg gofFafg]Zjdf cfOtaf/ a;]sf] k|ltlglw;efsf]] a}7sdf ;xefuL ;f+;b . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।  

यसपछि  फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ ।माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् । 

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् ।