रुकुम । रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चार जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १० घारीखोलाका गोपाल केसीको घरमा विहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चट्याङ लागेर गोपालको ३२ बर्षीया श्रीमती खिमला केसी, १२ बर्षीय छोरा लक्ष्मण केसी, ६ बर्षीया छोरी पुजामाया केसी र २ बर्षीय छोरा टेक बिक्रम केसी घाइते भएका छन् ।
घाईतेहरु चारै जनाको आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीे जानकारी दिएको छ ।
प्रतिक्रिया