ताजा अपडेट »

यस्तो छ आजको मौसम

शुक्रबार, ३१ असार २०७९

बुटवल । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज  देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो देशका  पहाडी भू(भागका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका  एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।