बुटवल। रुपन्देहीको एक होटलमा एउटी किशोरी मृत फेला परेको झण्डै एक हप्तापछि परिवारजनले एक युवकका नाममा किटानी जाहेरी दिएसंगै बुटवल इलाका प्रहरी कार्यालय अनुसन्धानको करिब नजिक पुगेको छ ।
गत शनिबार दिउँसो बुटवल उपमहानरपालिका–३ गोलपार्कस्थित पाल्पाली होटलको कोठामा सोहीपालिका–२ की १६ वर्षीया किशोरी सुदिक्षा गुरुङ्ग झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसदिन दिउँसो करिब साढे १२ बजेतिर मात्रै बुटवलको प्रहरीलाई होटलवालाले खबर गरेका थिए । त्यसको अघिल्लो दिन शुक्रबार साँझ ती किशोरी गै बसेको आरोपमा मृतकका परिवारजनले जवरजस्ती करणी र आत्महत्या दुरुसाहन सम्बन्धि मुद्दा बुटवल –३ का २० वर्षीय असिम श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
उनिसंगै पाल्पाली होटल सञ्चालक ३८ वर्षीय रामप्रसाद कार्यालय विरुद्धपनि जाहेरी परेको र दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको डिएसपी केसीले बताए । डिएसपी केसीले ती युवक स्वयमले पनि आफू त्यस रात ती किशोरीसंग त्यस होटलमा संगै बसी अर्को दिन बिहान फर्किएको आसय ब्यक्त गरेको बताए । अन्य कुरा भने खुल्न बाँकी रहेको डिएसपी केसीको भनाई छ। ।
आफन्तजनका अनुसार सुदिक्षाका बाबु आमा बीच ३ वर्ष अघि सम्वन्ध विच्छेद भएपछि सदिच्छा बाबुको रेखदेखमा बुटवलकै लायन्स आँखा अस्पताल नजिकै फुपुको घरमा बस्दै आएकी थिइन् । शुक्रबार बिहान ९ बजेर २६ मिनेट जाँदा बाहिर निस्केकी सदिक्षाले भित्र रहेकी फुपुलाई बाहिर बोलाएर हामी हिड्यौं भनेर एक युवकको स्कुटरमा चढेर त्यहाँबाट हिडेकी थिइने । दिउँसो पनि उनले फुपुलाई एसएमस गरेर फिल्म हेर्न लागेको बताएको उनै फुपु बताउँछिन् ।
प्रहरीले होटलवालालाई बताएअनुसार उनी त्यस दिन साँझ गोलपार्कस्थित पाल्पाली होेटलमा पुगेर आफ्नो उमेर २१ वर्ष लेखाउँदै एक छिन पछि एक जना दाजु आउनु हुन्छ भनेर कोठा बुक गरेकी थिइन् । त्यसपछि एक जना युवक आएर उनिसंगै कोठा नम्वर १०५ मा सुतेर अर्को दिन बिहान ८ बजेतिर त्यहाँबाट हिँडेका थिए । होटलमा सिसिटिभी नभएको र होटलवालाले पनि मास्क लगाएका कारण ती युवक को थिए, भन्ने बारे नचिनेको बताएपछि प्रहरीले शरिर पातलो भएको र कालो टिसर्ट लगाउने सांकेतिक हुलिया अनुसारका युवकलाई सोधपुछका लागि भन्दै ८ जनालाई समातेको थियो ।
तर ,किशोरीका काका शंकर गुरुङ्गले आफुहरुले त्यस होटलमा संगै बस्ने युवकलाई रातिनै अड्कल काटी सकेको बताए । आफूहरुलाई शनिबार दिउँसो ४ बजेतिर खबर गरियोको उनले सुनाए । उनले त्यस होटलमा गएर हेर्दा र होटलवालाले भनेको आधारमा आफूहरुले त्यस युवकलाई मोटामोटी पहिचान गरेको बताउँदै प्रहरीले सुरु–सुरुमा किटानी जाहेरी लिन नमानेको आरोप लगाए ।’
‘बुधबार तेश्रो पटक जाहेरी पेश गरेका छौं, उनले भने–‘त्यसलाई (आरोपित युवक ) र होटलवालाई कडा भन्दा कडा सजाय होस् ।’ उनले बुटवल जस्तो मुख्य सडकमा १५/१६ वटा कोठासहितको त्यस होटलमा सिसीटिभी नहुनु, होटलमा बस्न आउनेहरुको परिचय खुल्ने गरि नाम विवरण नटिप्नुले त्यो होटल हो कि के हो ? भन्ने प्रति प्रश्न गर्दै यस्तो खालका असुरक्षित होटलले अरुका छोरी बुहारीहरुको पनि ज्यान जान सक्नेतर्फ प्रहरी र सरोकारवालाहरुको ध्यानकृष्ट गराए ।
नर्स बन्ने सपनासहित गइन् सुदिक्षा
मृतककी आमा गिता बुढाथोकीका अनुसार यस वर्षको एसईई परिक्षा सकेर एक महिना अघि मात्र नर्स बन्ने सपना बोकेर सदिक्षा ब्रिज कोर्ष पढ्न काठमाण्डौ गएकी थिइन् । केहिदिन अघि मात्र फुपुको विवाह हुने भएकोले उनि बुटवल फुपुसंगै फर्केकी थिइन्। काठमाण्डौबाट फर्किदैगर्दा छोरीले अब म नर्स हुने छु आमा भन्दै आमा संग खुशी बाँडेकी थिइन् । एसएमसमा त्यसरी खुशी बाँडेपनि उनि आमासंग भेट हुन नपाई यो संसारबाट बिदा भएकी छन् ।
‘उ कठमाण्डौं गए देखि र फर्किने बेला सम्म निकै ह्याप्पीनेस थिई, नर्स बन्ने सपना सुनाउँदै खुशी बाँडेकी थिई, अहिले सम्म कुनै केटाहरु संग हाँसे बोलेको थाह छैन र त्यो केटालाई पनि मैले चिनेकी छैन’– उनले भनिन् । उनि आमा भने बुटवल पुस्पलालपार्क नजिकै माइती घरमा बस्ने गरेको र सुदिक्षाका अलवा उनका ९ वर्षीय भाई पनि मामा घरमै बस्ने गरेको बताइएको छ । प्रहरीमा किटानी जाहेरी मृतकका बाबु सन्दिप गुरुङ्गले दिएका छन् । -यस अगाडिको समाचारमा मृतकको नाम र उमेर फरक पर्न गएकोमा सच्चाइएको छ । –सम्पादक
प्रतिक्रिया