ताजा अपडेट »

यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य: पौडेल

विहीबार, ३० असार २०७९

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिपहप गायक यमबुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन् । 

महानगरपालिकाको सो निर्णय विवादमा तानिएको बेला उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।‘संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’ उनले भनेका छन् । 

महानगरपालिकाका मेयर बालेन शाहकाे प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारी पैसामा आफू निकट र्‍यापरको सालिक बनाउन लागेको भन्दै आलोचना भएपछि मेयर शाहले  यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने घाेषणा गरेका थिए ।