ताजा अपडेट »

हतियार खरिदको तयारीमा एमालेको विरोध

बुधबार, २९ असार २०७९

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन ? सो बारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरे ।