काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी पनि घटेको छ । मंगलबार प्रतितोलामा एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार ५ रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया