ताजा अपडेट »

समाजवादी पार्टीको लुम्बिनी अध्यक्षमा मेटमणीलाई हटाएर माधव नेपालका सम्धिलाई चयन

शनिबार, २५ असार २०७९

बुटवल । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धि सोमप्रसाद पाण्डेलाई बनाएका छन् ।

शनिबार बुटवलमा अध्यक्ष नेपाल आफै सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो ।
दाङका चौधरी र पाल्पाका पाण्डे दुवै प्रतिनिधि सभा सदस्य हुन् । स्थानीय तहको निर्वाचनमा तथा पार्टीका अन्य संगठनात्मक काममा चौधरी निकै अगाडि देखिएपनि पाण्डेलाई अगाडि सारिएकोप्रति लुम्बिनीका नेताहरु आश्चर्यमा परेका छन् । तर नेकपा एसका नेताहरुले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव भएकाले पनि पाण्डेलाई प्रदेशको जिम्मेवारी दिएको दावी गरेका छन् । सो बैठकमा चौधरी आफैले पाण्डेलाई अध्यक्षको रुपमा प्रस्ताव गरेको र सर्वसम्मतबाट अध्यक्षमा पाण्डे चुनिनुभएको हो-केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले भने ।