ताजा अपडेट »

संघीयता प्रभाव : जिल्लाकै प्रमुख सहर सुनसान

सोमबार, २१ माघ २०७५

माघ २१,
गुल्मी । गुल्मी जिल्ला २ नगर र १० गाउँपालिका गरि १२ वटा स्थानिय तहमा बिभाजित छ । २ निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्ला सदरमुकाम तम्घास हो । एक वर्ष अघि निकै चाप हुने गुल्मी सदरमुकाम तम्घास स्थित लाकुरी मञ्च अहिले सुनसान जस्तै बन्न थालेको छ । सदरमुकाम तम्घासको मुटुको रुपमा मानिएको लाकुरी मञ्च प्रशासनिक हिसाबले होस या अन्य हिसाबले निकै चाप हुने गर्दथ्यो । तर, आजभोलि सुनसान जस्तै बन्न थालेको छ ।लाकुरी मञ्च मात्रै होइन अहिले तम्घास बजारमा बिभिन्न स्थानबाट आउने सर्बसाधरणको चाप घटेपछि बजार नै सुनसान बन्न थालेको छ । लाकुरी मञ्चमा जिल्ला बिकास समितिको कार्यालय रहेकाले स्थानिय कुनै न कुनै हिसाबले सेवालिन कार्यालय आउने गर्दथे ।


सामान्य गाउँका योजना होस या अन्य कार्यक्रमहरु को लागि जिल्ला विकास समिति धाउने गर्नाले निकै चाप थियो । तर अहिले सबै अधिकार गाउँमा पुगेपछि सदरमुकाम तम्घास नै सुनसान बन्न थालेको हो । यो असर तम्घास बजारमा बिभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरुमा परेको छ । बजारमै चहलपहल घटेपछि स्थानिय चिन्तित छन् । गत वर्ष ०७४ साल असार र मंसिरमा सम्पन्न निर्वाचनले जिल्ला सदरमुकामको व्यवस्थामा पुरै परिर्वतन गरायो । जिल्ला तहमा हुने धेरै कामहरु गाउँबाटै हुन थाले तम्घास बजार सुनसान बन्दै गयो ।

द्धन्द कालमा सदरमुकाम पसेका गाबिस सचिवहरु शान्ति पक्रिया आएपछि पनि सदरमुकामबाटै सेवा दिँदै आएका थिए । यसले सानोतिनो कामको लागि पनि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । जिल्ला सदरमुकाममा रहेका धेरै जसो कार्यालयहरु स्थानिय तहमा गएका छन् । जटिल काम बाहेक धेरैजसो कामहरु स्थानिय तहबाटै हुने गर्दछन् । पहिले सामान्य कामको लागि पनि काम गर्न गाबिस सचिबहरु तम्घासकै होटलहरुमा कार्यालय स्थापना गरेर सेवा दिँदै आएका थिए । तम्घास नआइ कुनैपनि काम बन्ने थिएन् त्यसैले पनि तम्घास बजारमा धेरै चाप चहलपहल थियो ।


पहिले गाउँका कुनैपनि योजनाहरु माग्न,सम्झौता गर्न जिलला सदरमुकाम आउनु बाध्यता थियो । तर ति सबै कामहरु नगरपालिका र गाउँपालिकाबाट हुन्छन् त्यसले गर्दा पनि मानिसहरु तम्घास बजार नआउने गर्नाले बिस्तारै तम्घास बजार सुनासन बन्दै गएको हो । हाल जिल्ला प्रशासनका नागरिकता, राहदानी लगायत प्रशासनबाट लिने काम बाहेक अन्य कामको लागि सेबाग्रही तम्घास आउनु पर्ने बाध्यता छैन् । अहिले पनि झण्डै एक दर्जन सरकारी कार्यालय जिल्ला सदरमुकाममै छन् ।तर यी कार्यालयहरुमा पहिले जस्तो सेवाग्रहीको चाप भने छैन् । धेरै जसो काम स्थानिय तहबाटै हुने गर्दछ स्थानिय तहबाट नहुने कामहरु कमै हुने गर्नाले पनि जिल्ला सदरमुकाममा सेवा लिन सेवाग्रही आउने गदैनन् । यो असर अहिले तम्घास बजारमा रहेका बिभिन्न व्यवसायीहरुलाई परेको छ ।


१५ वटा होटल बन्द भए

जिल्ला तहको अधिकार गाउँमा पुगेपछि जिल्ला सदरमुकामा रहेका १५ वटा होटलहरु बन्द भएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले बताए । उनले भेगिए हिसावले निर्वाह मुखि तरिकाले चलेका तम्घासका १५ वटा वढि होटलहरु बन्द भएको बताए । अहिले केहि होटलहरु बन्द हुँदा केहिहदसम्म व्यापारमा सन्तुलन मात्रै रहेको छ अध्यक्ष कंडेलले भने, ‘सबैले चाहे तत्कालै आत्तिनु पर्ने अबस्था छैन् सम्भावना धेरै छ ।’ जिल्ला सदरमुकाममा हुने कामहरु १२ वटा स्थानिय तहमा बिभाजित हुँदा चलहपहल घटेको हो उनले भने, ‘सदरमुकामलाई चहलपहल वनाउन भौतिक पूर्वाधार निर्माण हुनुपर्छ ।’


जिल्लाको लागि रेसुङ्गामा केबलकार, रेसुङ्गा बिमानस्थल निर्माण र एउटा प्राबिधिक शिक्षा सहितको क्याम्पस, सुबिधा सम्पन्न अस्पताल भए जिल्ला सदरमुकाममा कुनै चाप नघट्ने बताए । यी पूर्वधारहरु पुरा भए ठूला होटलहरु खुल्ने र चहलपहल पनि बढ्ने अध्यक्ष कंडेलले बताए ।
उनले पूर्वधार बिना लगानी पनि नहुने हुँदा सदरमुकामको चहलपहल बढाउन जिल्ला सबै क्षेत्रको पर्यटनलाई पनि जोड दिनुपर्ने बताए । जिल्लाको पर्यटनलाई मुख्य जोड दिए सबै क्षेत्रलाई फाइदा हुन्छ उनले भने,‘तर यसको लागि सबैले ध्यान दिनुपर्छ ।’ बजारमा व्यापार व्यसाय कम हुँदै गएकाले भाडामा दिने घरबेटीहरुले पनि भाडामा पुनर बिचार गरिनु पर्ने अध्यक्ष कंडेलको भनाई छ । उनले अहिलेको अबस्थामा तम्घासमा रहेका होटलहरुको कारोबारमा ४५ प्रतिशत गिरावट आएको बताए ।


जिल्ला सदरमुकाम केहि मात्रामा आउने सेवाग्रही सबैठाउँमा सवारी साधनहरु पुगेकाले पनि काम सकेर साँझ घरमै पुग्ने गर्नाले तम्घासमा बाँस बस्दैनन् यसले होटलहरु व्यवसायहरुमा अर्को झड्का दिएको छ । तम्घासका होटलहरु मत्रै होइनन् अन्य बिभिन्न व्यवसाय गर्नेहरु पनि पहिलो जस्तो कारोबार नहुदा चिन्तित छन् । मानिहरु बजारमा कम आउने गर्नाले बजारमा किनमेल पनि कम हुने गरेको व्यवसायीहरुको तर्क रहेको छ । अघिल्लो वर्षको तुलनमा ५० प्रतिशत व्यापार कम भएको तम्घासमा खाध्यन्न व्यवसाय गर्दै आएका झबि पाण्डेयले बताए ।


उनले तम्घासमा हुने कामहरु स्थानिय तहमै हुनुले होटलहरु पनि चहलपहल नहुनुले खायन्न व्यवसायीहरुलाई मार परेको बताए । उनले मान्छे नै कम आएपछि व्यापार कमहुने गरेको बताए ।
तम्घास सदरमुकामलाई चहलपहल बनाई राख्न रेसुङ्गा क्षेत्रको अझवढि प्रचार, अर्जुन रेसुङ्गा केवल कार, प्राबिधिक शिक्षा सुबिधा सम्पन्न सहितको अस्पताल जस्ता विषयमा ध्यान दिए जिल्ला सदरमुकामको भबिश्य जिवन्त रहने बताए । तम्घासमा रहेका अन्य फेन्सी लगायत बिभिन्न व्यवसाय गर्नेहरु व्यापार कम हुँदा चिन्ति छन् ।


तम्घासमा हुँने फुटकर व्यापारमा धेरै कम हुँदै गएको तम्घासका अर्का व्यवसायी जनक पन्थले बताए । उनले जिल्ला सदरमुकामको अधिकार गाउँगाउँमा जानु सुखद पक्ष रहेपनि सदरमुकामलाई चहलपहल गराउनको निम्ति अन्य धेरै सम्भावनाहरु रहेको बताए ।जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा क्षेत्रको मात्रै प्रचार प्रसार गर्न सके जिल्लाको र सदरमुकामको भबिश्य उज्जल रहेको पन्थको तर्क रहेको छ । जिल्ला सदरमुकाम सुनसान भएसँगै यहाँका व्यवसायीहरु पर्ख र हेरको अबस्था रहेका छन् । तत्कालै व्यवसाय नै बन्द गर्ने अबस्थामा नरहेपनि यहाँको निम्ति बैलैमा सोच्नु पर्ने उनिहरुको तर्क छ ।