काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
जनता समाजवादी पार्टीका नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त भएका छन् ।
मन्त्रीहरुले शपथ समारोहपछि सोमबार नै आ-आफ्ना मन्त्रालयमा गएर पदभार ग्रहण गरिसकेका छन् ।
प्रतिक्रिया