ताजा अपडेट »

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

बुधबार, ११ मंसिर २०७६

मंसिर ११,

ग्लोबल आवाज

काठमाडौं । शनिबार हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको छ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित बुधबार साँझसम्म मतदान केन्द्रमा पुगिसक्नेछन् ।