ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना, पाठकको मृत्यु

आइतबार, १९ असार २०७९

रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराति स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् । गएराति पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।