भैरहवा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले स्थानीय तह निर्वाचन–२०७९ मा नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भैरहवामा आयोजित उक्त कार्यक्रममा कांग्रेसले रुपन्देहीबाट निर्वाचित १ जना जिल्ला समन्वय प्रमुख, उपमहानगर पालिका प्रमुख, ४ जना नगरपालिका प्रमुख, ५ जना गाउँपालिका अध्यक्ष, ३ जना गाउपालिका उपाध्यक्ष, ६५ जना वडा अध्यक्ष, २ सय ५३ जना वडा सदस्य र ४ जना जिल्ला समन्वय सदस्य सहित ३ सय ३६ जनालाई सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई गतिशिल बनाउन नेपाली कांग्रेसलाई नै गतिशिल बनाउनु पर्नेमा जोड दिए । “नेपाली शासन ब्यवस्थालाई कमजोर बनाए अन्र्तराष्ट्रिय सदभाव र सहयोग नै नेपालमा रहदैन ।” खाँणले भने “त्यसकारण सिंगो नेपललाई नेपाल बनाउनका लागी, नेपाललाई गतिशिल बनाउका लागी, नेपालको समृद्धि र विकासको लागी, नेपाली कांग्रेसलाई नै गतिशिल बनाउनु पर्दछ ।”
उनले नेपालमा भएको बिभिन्न खालका विविधतालाई उपयोग गर्नु पर्ने समेत बताए । नेपाली कांग्रेस विविधतामा विश्वास गर्ने भएकोले कांग्रेस यस प्रति गम्भिर भएको उनले जनाए । “नेपाली कांग्रेससंग प्रतिष्पर्धा गर्ने राजनैतिक दलहरु एक हिसाबले सैन्य संरचनामा रहेका छन् । विविधतालाई उहाहरुले सहजता पूर्वक स्विकार गर्न सक्नुहुन्न ।” उनले भने “नेपाली कांग्रेसका राजनैतिक आस्था नै बहुदलमा आधारित बहुदलिया शासन ब्यवस्था हाम्रो पद्दती हो ।”
उनले अहिले निर्वाचित जनप्रतिनिधिहरुलाई जनता लक्षित काम गर्न आग्रह समेत गरे । अहिले कांग्रेसले रुपन्देहीमा राम्रो जित निकालेकोले यसलाई कायम राख्न जनप्रतिनिधिहरुको क्रियकलाप महत्वपूर्ण रहेको हुदा उनले जनतलाई केन्द्रमा राखी काम गर्न आग्रह गरे । स्थानिय तहले नेपाली कांग्रेसको पक्षमा बहुमत दिएकोले अब जनता र देशको पक्षमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए । स्थानिय तह विजयी भयो भन्दैमा हौसिनु भन्दा पनि जनताको मागहरुको पक्षमा गम्भिर भएर काम गर्न उनले आग्रह गरे ।
खाँणले संविधानको रक्षा गर्न, संविधानमा रहेका कमि कमजोरीलाई परिमार्जन गर्न एवम संविधानको रक्षा गर्नको लागी पनि गठबन्धन आवश्यक रहेको बताए । पार्टीकै कतिपय नेताहरुले फरक सिद्धान्त रहेको पार्टीको गठबन्धनको बिरोध गरे पनि अहिले बिशिष्ट परिस्थिति भएको कारण गठबन्धन नतोडिने उनले बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाक, प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादव, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश सभा सदस्य फकरुद्दिन खाँन, रमा अर्याल, प्रदेश सभापति अमर सिंह पुन लगायतले बोलेका तिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरि काफ्लेले गरेका थिए ।
प्रतिक्रिया