ताजा अपडेट »

एमाले गुल्मीद्वारा स्थानीय निर्वाचनको समीक्षा

शनिबार, १८ असार २०७९

तम्घास । नेकपा एमाले जिल्ला कमीटी गुल्मीको तेस्रो पुर्ण बैठक शनिबार तम्घासमा सम्पन्न भएको छ । बैठकमा नेकपा एमालेका केन्द्रीय उप–माहासचिव क.प्रदिपकुमार ज्ञवाली केन्द्रीय सचिव क.गोकर्णराज विष्ट केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क.दिनेश पन्थी केन्द्रीय सदस्य क.जङ्ग नेपाली प्रदेश कमिटी का सदस्यहरुका उपस्थितिमा बैठक सम्पन्न भएको छ ।

बैठकले स्थानीय चुनावको समीक्षा गर्नुका साथै समसामयिक लगायतका विषयमा छलफल गरेको छ । बैठक जिल्ला अध्यक्ष बालसिंह काउछाको अध्यक्षता तथा गणेश श्रीपालिको संञ्चालनमा सम्पन्न भएको थियो ।

जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुको बाक्लो उपस्थिति रहेको बैठकले पार्टीको भावि रणनीतिका बारेमा पनि छलफल गरेको छ ।