बुटवल । जगदम्बा मोटर्सले बुटवलमा विएस भिआई मोडलको नयाँ टिभिएस अपाचे बाइक लन्चिङ्ग भएको छ । मोर्टसले शुक्रबार बुटवलको कन्सेप्ट क्लब एण्ड पब कालिकानगरमा एक कार्यक्रमको आयोजना गरि विएस सिक्स मोडलको नयाँ टिभिएस अपाचे (टिभिएस अपाचे आरटिआर १६० फोरभी आरटिएफआई) को सार्वजनिक गरेको हो ।
उक्त बाइकको चर्चित पप गायक अनिल सिंह, यूट्यूवर पुष्पाञ्जली कार्की,जगदम्बा मोटर्सका डेपूटी जनरल म्यानेजर विक्रम पौडेल, बुटवल टिभिएसका सञ्चालक विशाल जयसवाल लगाएतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
यो नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल रहेको जगदम्बा मोटर्सका क्षेत्रीय बिक्री प्रबन्धक धनिराम भुसालले बताए । जसमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहर छन् जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउने जगदम्बा मोटर्सका क्षेत्रीय बिक्री प्रबन्धक भुसालले बताए ।
मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटिएफआई) प्रविधिको बिएस–६ अनुरूप इन्जिन रहेको छ भने जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ। यसमा स्मार्ट एक्स जडान जस्ता प्रविधिहरू पनि रहेको व्यवस्थापक भुसालले बताए । जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउने र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्न सकिने बताए । मोटरसाइकलमा एग्रेसिभ डिआरएल (डिआरएल) हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, एविएस (एबिएस) जस्ता अन्य धेरै फिचरहरु छन् ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७ भन्दा बढी डिलर तथा २०० भन्दा धेरै सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न सफल भएको छ ।
प्रतिक्रिया